असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउनुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उहाँ अमेरिका आउनु लाग्नु भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उहाँ अमेरिकाको वासिङ्टन आउनुहुने जनाएको छ । “राष्ट्रपति डोनाल्ड जे। ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्धारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।

वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला उहाँहरुका बीचमा भेटवार्ता हुन लागेको हो । उहाँहरुका बीचमा इस्लामिक स्टेट आइएसका हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

हुन लागेको भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको खबर समाचार पत्रले छापेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया