असार २२, २०८२ आइतबार July 6, 2025

पिएनओ मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।  उहाँले भन्नुभयो, “गैर–आवासीय नेपाली सङ्घ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”  दोस्रो विश्वयुद्धपछि विभिन्न कारणले विभिन्न देशहरूमा गएर बसोवास गरेका नेपालीको विषयमा सरकार सचेत रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “गैर–आवासीय नेपालीको अवस्था विभिन्न प्रकारका हुन्छन्, केही स्थायी रूपमा विदेशमा छन् भने केही अस्थायी रूपमा पेसा वा व्यवसायमा संलग्न छन् । यस परिप्रेक्ष्यमा, के कस्ता नीति लिनुपर्छ, सरकारले के कस्ता अपेक्षा राख्न सक्छ, गैर–आवासीय नेपालीहरूले के कस्ता योगदान दिन सक्छन् र नेपालले उनीहरूबाट के कस्ता अपेक्षा गर्न सक्छ भन्ने विषयमा यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने छ, भन्ने विश्वास लिएको छु ।’

यस सम्मेलनले गैर–आवासीय नेपालीहरूलाई आफ्नो पैत्रिक थलो पत्ता लगाउन मद्दत गर्ने उहाँको बुझाइ छ । विशेषगरी कम्बोडिया, म्यानमार, थाइल्यान्ड, मलेसियाजस्ता देशहरूमा रहेका नेपालीहरूको मूल थलो पत्ता लगाउन कठिन भइरहेको छ, तर यो सम्मेलनले त्यसक्षेत्रमा पनि योगदान दिनेछ भन्ने मलाई विश्वास छ । गैर–आवासीय नेपाली सङ्घ मात्र नभई नेपाल सरकार पनि यस विषयमा प्रतिबद्ध छ ।”

नेपाल सरकारको उच्च तहबाट प्रतिनिधित्व हुनुले पनि उक्त विषयमा सरकारको चासो र रुचि पुष्टि भएको  उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो रुचि केवल औपचारिक छैन, यो सार्थक र उद्देश्यपरक छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।” गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार