असार २२, २०८२ आइतबार July 6, 2025

वंशगत शासनको बहस निरर्थक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

सोमबार एमाले मुख्यालयमा बसेको सचिवालय बैठकले वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक रहेको निष्कर्ष निकालेको हो ।

सचिवालयको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित समसामयिक राजनीतिक विषय तथा सरकारका कामका बारेमा जानकारी गराउनुभयो ।

बैठकमा मुलुकको समसामयिक परिस्थिति र विकसित राजनीतिक घटनाव्रmमका बारेमा सचिवालयका सदस्यहरूले आआफ्नो राय प्रस्तुत गर्नुभएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी सङ्घर्षको परिणति भएको जनाएको छ । विगतमा आन्दोलनका क्रममा गरिएका सहमतिविपरीत राजतन्त्र पटक पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट भएको विज्ञप्तिमा भनिएको छ । लोकतन्त्र स्थापनापछिको छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो सङ्व्रmमणकाल र भूकम्पलगायत अनेकौँ प्राकृतिक विपत्तिका बिचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि महìवपूर्ण भएको एमालेले उल्लेख गरेको छ ।

अझै पनि गर्नुपर्ने काम धेरै बाँकी छन् तर उपलब्धिलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने एमालेले जनाएको छ ।

एमालेले आमजनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महìवलाई गम्भीरतासाथ आत्मसात् गर्न,

निरङ्कुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वानसमेत गरेको छ ।

एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक विषय हो भन्नेमा एमालेले विशेष जोड दिएको छ । नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने सङ्कल्प बैठकले गरेको छ ।

संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चिता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न एमाले प्रतिबद्ध भएको जनाएको छ । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन र  लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिने सबैलाई धन्यवाद दिँदै नेपाली समाजमा प्रकट भएको लोकतान्त्रिक चेतनाको एमाले हार्दिक सराहना गर्ने विज्ञप्तिमा भनिएको छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार