कार्तिक २२, २०८३ आइतबार November 8, 2026

रौतहटमा ४० वटा एसईईको परीक्षा केन्द्र कायम

नियमित तर्फ ५ हजार १ सय ७२  छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थी सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट । यस वर्षको माध्यमिक शिक्षा(एसईई) परीक्षाको लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ । जिल्ला भरीमा १ सय २७ वटा विद्यालयबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु परीक्षामा सामेल हुदैछन ।

एसईई परीक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२  छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख वीरेन्द्र जंग थापाले बताए । उनका अनुसार प्राविधिक र ग्रेड वृद्धि तर्फ गरी कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । माध्यमिक शिक्षा(एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए  ।

हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले करिब ६ सय जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको इकाइ प्रमुख थापाले बताए । एसईई परीक्षाको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक,१९५ जना कार्यालय सहयोगि परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ ।

यस बर्षको एसईई परीक्षामा यहाँका ९९ वटा सामुदायिक विद्यालय , २० वटा संस्थागत विद्यालय , ८ वटा प्राविधिक विद्यालय र १ खुला सहित गरि १ सय २७ वटा विद्यालयको सहभागीता रहने भएको हो । एसईई परीक्षा चैत ७ गतेबाट हुन लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार