असार २३, २०८२ सोमबार July 7, 2025

बुटवल क्याम्पसका प्राध्यापक केसीको निधन

अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, चैत ६ गते । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा डुबेको छ ।

उहाँ एक निडर, प्रष्ट वक्ता एवं अर्थविश्लेषकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत हुनुहुन्थ्यो।

बुटवल हस्पिटल प्रालिमा उपचार गराउने क्रममा निमोनिया देखिएपछि थप उपचारका लागि काठमाडौँमा टिचिङ अस्पतालमा रिफर गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले बताउनुभयो । मिर्गौलाको समस्या रहेका केसीलाई केही दिनअघि मात्र निमोनिया देखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया