श्रावण २०, २०८३ बुधबार August 5, 2026

मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया

सिदिङ्वालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मध्यविन्दु,  चैत ६ गते । नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिकाले मोतियाबिन्दु भएका एक सय ६१ जनाको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।

बुधबारबाट सुरु भएको शल्यक्रिया बिहीबार सम्पन्न हुने गाउँपालिका उपाध्यक्ष भगवती वैदवारले बताउनुभयो । गाउँपालिले विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । परिक्षणमा सात सय ९५ जना सहभागी भएका थिए । जसमध्ये एक सय ६१ जनालाई मोतियाबिन्दु देखिएको गाउँपालिकाका उपाध्यक्ष बैदवारले बताउनुभयो ।

गाउँपालिकाले मोतियाबिन्दु भएका व्यक्तिहरुको छनोटका लागि नेत्रज्योती संघ नवलपरासी पूर्व र नेत्रज्योती संघ, भरतपुुर आँखा अस्पताल, चितवनसँगको समन्वयमा चैत्र ३ गते बेनिमणीपुर स्वास्थ्य चौकी सर्दी र कुडापानी स्वास्थ्य इकाईमा मोतियाबिन्दु परिक्षण गरिएको थियो ।

यस्तै चैत ४ गते विनयी त्रिवेणी गाउँपालिका ६ र ७ का लागि त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा परिक्षण गरिएको उपाध्यक्ष बैदवारले जानकारी दिनुभयो । चैत ५ गते भानुदय माध्यामिक विद्यालय, दुम्कीबास र विनयी त्रिवेणी गाउँपालिका १ को वगुवन क्षेत्रमा मोतियाबिन्दु परिक्षण गरिएको हो ।

मोतियाबिन्दु परिक्षणबाट मोतियाबिन्दु देखिएका एक सय ६१ जनालाई बुधवार र बिहिबार भानुदय माध्यामिक विद्यालय दुम्कीबासमा शल्यक्रियाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

विगतमा मोतियाबिन्दु परिक्षण स्थानीय स्तरमा गरेर कावासोती, चितवन, हेटौडा लगायतको स्थानमा शल्यक्रियाको लागि लगिने गरेकोमा यस पटक स्थानीय स्तरमा नै शल्यक्रियाको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । गाउँपालिकामा गत वर्ष एक सय २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

विभिन्न स्थानमा गरिएको परिक्षण शिविरबाट मोतियाबिन्दु भएका व्यक्तिहरुको शल्यक्रिया गर्नु पूर्व सुगर लगायत अन्य परिक्षणहरु गरे पश्चात मोतियाबिन्दुको शल्यक्रिया गरिने भरतपुर आँखा अस्पताल चितवनकी डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिनुभयो । परिक्षणको क्रममा अधिकाशंमा उमेरसंगै देखिने मोतियाबिन्दु देखिएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार