असार २३, २०८२ सोमबार July 7, 2025

गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्नेमा कुनै आशंका छैन – भारतीय विदेश मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै आशंका नरहेको प्रष्ट पारेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले आइतबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरले अघिल्लो दिन दिएको अभिव्यक्ति सच्याउँदै ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’ भनि उल्लेख गरेका छन् ।

हिजो शनिबार मात्रै नयाँ दिल्लीमा भारतीय उद्यमी तथा व्यापारीहरूको छाता संगठन भारतीय उद्योग परिसंघको ७५ औं भर्चुअल कन्फ्रेन्सलाई सम्बोधन गर्ने क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले गौतमबुद्धको जन्मस्थलको बारेमा दिएको अभिव्यक्तिको विषयमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएपछी नेपालले यसको सर्वत्र विरोध गरेको थियो ।

“आजसम्म हामी सबै दुईजना महान भारतीयहरूलाई चिन्दछौं। पहिलो, गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। हामी मात्रै होइन, यी दुईजना महान भारतीयहरूलाई पूरै विश्वले जान्दछ,” भारतीय विदेशमन्त्री जयशंकरले भनेका थिए।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो । भारतीय मन्त्रालयको पछिल्लो विज्ञप्तीले नेपाल भारतबीच पुनः एकपटक विग्रिएको सम्बन्ध सुधार हुने संकेतका रुपमा आएको भन्दै कुटनितिक क्षेत्रका जानकारहरुले टिप्पणी गरेका छन् ।

साथै सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको संसदमा सम्बोधनका क्रममा नेपाल नै बुद्धको जन्मभूमि भएको भनेर भनेको विषयलाई पनि स्मरण गरेको थियो।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया