काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । महासचिव पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि उनी आइसोलेसनमा बसेका हुन् ।
शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्टि भएको थियो । सोही दिन गरिएको परीक्षणको हिजो शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ ।
पौडेलका पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आज आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया