श्रावण २०, २०८३ बुधबार August 5, 2026

केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय १० जनालाई निःशुल्क औषधि वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, ७ चैत : यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा तीन सय ९२ जनाले उपचार गराएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा यही चैत ४, ५ र ६ गते सम्पन्न शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि उपचार, चस्मा वितरण गरिएको छ ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय १० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजुले जानकारी दिनुभयो ।

शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दीवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको हो ।

नेत्रज्योति सङ्घले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही चैत ९, १० र ११ गते र हलेसी तुवाचुङ नगरपालिकामा १४, १५ र १६ गते शिविर आयोजना गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार