कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षा सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई मन्त्री भट्टराईको निर्देशन

विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्नुपर्नेमा सांसदहरूकाे जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐनको पूर्ण कार्यान्वयन गर्न निजी तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले विद्यालय शिक्षा सुधारका लागि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्नु आफ्नो मुख्य कार्ययोजना रहेको बताउनु भयो । उहाँले संस्थागत विद्यालयहरु कल्याणकारी भावनाबाट चल्न जरुरी रहेको बताउनु भयो । उहाँले संस्थागत विद्यालयले कम्तिामा १० प्रतिशत छात्रवृत्ति दिनैपर्ने प्रावधान उक्त ऐनले गरेको उल्लेख गर्नुभयो । विद्यालय सुधारका लागि ०८३ सालसम्मको लागि कार्ययोजना बनाइसकेको समेत मन्त्री भट्टराईले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म मन्त्री भएर आइसकेपछि अनिवार्य विद्यालय शिक्षा ऐनलाई कार्यान्वयन गर्नको लागि एजेण्डा बनाए । त्यो कार्ययोजना तयार पार्नुको मुलभुत उद्देश्य सामूदायिक विद्यालयहरुलाई व्यवस्थापन र संस्थागत विद्यालयहरुको नियमन गर्नु हो । त्यो कार्ययोजना बनाउँदै गर्दा कतिपयले कसरि गर्ने रहेछ ? सम्भव छैन लगायतका कुराहरु गर्थे । मैले ०८३ सम्मको कार्ययोजना बनाइसकेको छु । त्यो कार्ययोजनाको एउटा लक्ष्य यो नै थियो । यो सन्दर्भमा मैले विद्यालय संचालन गरिरहेका सरोकारवालाहरुसँग बसेर स्पष्ट रुपमा संस्थागत विद्यालयहरु कल्याणकारी एप्रोचबाट चल्नुपर्छ भनेका छौं ।

अर्को कुरा स्कलरसिप १० प्रतिशत दिनैपर्छ भन्छ । यो दुईटा कुरा अनिवार्य शिक्षा ऐनमा व्याख्या गरेको छ । यो ऐनको पूर्ण कार्यान्वयनको लागि संस्थागत विद्यालयहरुलाई निर्देशन नै गर्छु ।’ उहाँले निजी तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन समेत आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार