कार्तिक २२, २०८३ आइतबार November 8, 2026

काठमाडौँमै खेताला शिक्षक – अनुपस्थित शिक्षककै नामबाट चेक जारी गराई भुक्तानी

कुलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत ९ गते । काठमाडौँकै विद्यालयमा गैरकानुनी रूपमा खेताला शिक्षक राख्ने गरेको पाइएको छ । सम्बन्धित निकायलाई जानकारी नै नगराई विद्यालयका प्रधानाध्यापकै मिलेमतोमा यस्ता शिक्षक राख्ने गरेको अखितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गैरकानुनी रूपमा खेताला शिक्षक राखेको आरोपमा आयोगले काठमाडौँको कुलेश्वरस्थित कुलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार प्रधानाध्यापक नेपालको मिलेमतोमा राहत शिक्षकको ठाउँमा खेताला शिक्षक राखेर राहत शिक्षककै नामबाट तलब भत्ता निकासा गरेर लिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकालाई जानकारी नै नगराई विद्यालयले आफूखुसी निर्णय गरेको आयोगले जनाएको छ । प्रधानाध्यापक नेपालले सहायक प्रधानाध्यापक शिवहरि घिमिरेको नाता पर्ने श्रुती भण्डारी भनिने अम्बिका घिमिरेलाई सट्टा शिक्षकका रूपमा नियुक्त गर्नुभएको हो ।

आयोगले राहत शिक्षकको नाम भने खुलाएको छैन । तर यस कार्यमा संलग्न भएको आरोपमा नेपालसहित सहायक प्रअ घिमिरे, सट्टा शिक्षकका रूपमा काम गर्नुभएका भण्डारी र विद्यालयका विद्यालय सहायक (लेखापाल) स्मृति रेग्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँहरूको संलग्नतामा विद्यालयमा अनुपस्थित राहत शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएको आयोगले जनाएको छ । विद्यालयमा अनुपस्थित शिक्षकको नाममा झुटा बिल भर्पाइ बनाई २०८० माघदेखि २०८१ असारसम्मको तलब भत्ता निकासा भएको थियो । यस अवधिमा एक लाख ५७ हजार ९१५ रुपियाँ नियमविपरीत अनुपस्थित शिक्षककै नामबाट चेक जारी गराई भुक्तानी भएको आयोगले जनाएको छ ।

पाँच मुद्दामा पुनरावेदन

विगतमा आफूले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलामा असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा नदीजन्य सामग्री बिक्री वितरण गर्दा अनियमितता गरेको आरोपमा आयोगले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलसहित कीर्तिराज सुवेदी र विनोद राउत बरैलाई प्रतिवादी बनाएर पुनरावेदन गरेको हो ।

यस मुद्दामा विशेष अदालतले गत वैशाख ३१ गते फैसला गरेको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेकाले बदर गर्नुपर्ने आयोगले दाबी गरेको छ । बिहीबारै आयोगले जिल्ला वन कार्यालय रसुवामा तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रलाई प्रतिवादी बनाएर अर्को मुद्दामा पुनरावेदन गरेको छ । यस मुद्दामा विशेष अदालतले २०८० फागुन २७ गते फैसला गरेको थियो ।

त्यस्तै दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ३ मा सभाहल तथा सार्वजनिक शौचालय निर्माणका क्रममा अनियमितता गरेको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ । यस मुद्दामा आयोगले उक्त गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का केसीसहित रामप्रसाद काफ्ले, महेश काफ्ले, होमबहादुर श्रेष्ठ, निमेष मिश्र, सुबोधकुमार चापागाईं, सिर्जना दुवाल, विजय लुइँटेल, रामबहादुर कार्की, इराजन पोखरेल, माण्डवी पोखरेल र नम्रता महतलाई प्रतिवादी बनाएको छ ।

आयोगले मुगुको रारा छायाँनाथ नगरपालिकामा बाटो निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा अर्को मुद्दामा पनि पुनरावेदन गरेको छ । यसमा आयोगले नगरपालिकाका तत्कालीन प्रमुख हरिजङ्ग शाहीसहित सुन्तला रोकाया, पशुपति शाही, पीताम्बर सारू, महेशसिंह कठायत, हस्तबहादुर मल्ल, रामप्यारी शाही र साधना शाही र नानी कामीलाई प्रतिवादी बनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर धनुषाको नवयुवक माध्यमिक विद्यालयमा प्राथमिक तह राहत शिक्षकमा नियुक्ति लिएको आरोपमा सीताकुमारी यादवलाई प्रतिवादी बनाएर आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

घुससहित पक्राउ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको टोलीले पोखरा महानगरपालिकाको उजुरी फर्स्याैट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौँ तह) कपिल गिरीलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित पोखरा महानगरपालिकाको गेट अगाडिबाट बिहीबार पक्राउ गरेको छ । ‘अख्तियारमा उजुरी परी पत्र आएको छ, उक्त उजुरीसँग सम्बन्धित केस मिलाइदिने’ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा टोलीले गिरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार