श्रावण २०, २०८३ बुधबार August 5, 2026

मुलुकको आवश्यकता पूरा गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

पछिल्लो समय नसर्ने रोगसम्बन्धी बिरामी बढ्दै गइरहेकाले नागरिक स्वयम् पनि सचेत बन्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, ९ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकको आवश्यकता पूरा गर्न, विद्यमान समस्या समाधान गर्नसक्ने नेतृत्व मूलधारमा आउनुपर्ने बताउनुभएको छ । आज दाङको शान्तिनगरमा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय कांग्रेस कार्यसमितिद्वारा आयोजित कार्यक्रममा उहाँले गुटका आधारमा भन्दा विचारका आधारमा नेतृत्व उदाउनुपर्ने बताउनुभयो ।

“नेपालको आवश्यकता, समस्या समाधानका उपाय दिएर कार्यान्वयन गर्नसक्ने र विचार प्रस्तुत गर्नसक्ने नेतृत्व आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “गुटका आधारमा नेतृत्व उदाउँदा त्यसले जनता केन्द्रित नतिजा नदिन सक्छ ।” उहाँले बिपी कोइरालाको समयको जस्तै नेता, कार्यकर्ता पार्टीमा सशक्त ढङ्गबाट आउनुपर्ने बताउनुभयो । विसं २०१५ मा बिपीले नेतृत्व गरेको कांग्रेसले ७४ सिट ल्याएर ठूलो पार्टी बनेको भन्दै त्यो साख वर्तमान नेतृत्वले पनि जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पौडेलले पछिल्लो समय नसर्ने रोगसम्बन्धी बिरामी बढ्दै गइरहेकाले नागरिक स्वयम् पनि सचेत बन्नुपर्नेमा जोड दिनुभयो । “स्वास्थ्य निःशुल्क हुनुपर्ने भन्ने गरिए जुन क्रममा बिरामी बढिरहेका छन्, यो क्रम नरोकिए राज्यले आर्थिक भार थेग्न नसक्ने अवस्था आउन सक्ने भएको त्यस्तो अवस्था आउन नदिन नागरिक पनि सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गाउँ, टोल र वडाहरूमा नागरिकलाई आफ्नो स्वास्थ्य स्वस्थ राख्न जनचेतना दिन आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले आगामी दिनमा विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार