असार २३, २०८२ सोमबार July 7, 2025

देउराली आधारभूत विद्यालयमा विव्यस र शिक्षक अभिभावक समिति चयन

विष्णुकुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णुकुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो ।

समितिको सदस्यहरुमा वडाध्यक्ष कुमारविक्रम क्षेत्री, सोविता शर्मा, लक्ष्मी शर्मा, मेघराज गोतामे, हेमलाल पौड्याल, सीता केसी, शिक्षक प्रतिनिधी उमाकान्त शर्मा र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लक्ष्मी अर्याल आचार्य रहेका छन् ।

यस्तै, तुलाराम शर्माको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । संघको सदस्यहरुमा बद्रीनारायण शर्मा, शर्मिला बोहोरा, दिपक शर्मा, मिना पुन, राधिका खड्का, रत्नकुमारी केसी, राममाया जिसी, तिलादेवी कुँवर र राम प्रसाद शर्मा आचार्य रहेका छन् ।

कार्यक्रममा बागलुङ वडाध्यक्ष कुमार विक्रम क्षेत्री, निवर्तमान वडाध्यक्ष धु्रवबहादुर केसी, पुर्व अध्यक्ष टेकनाथ शर्मा, बुद्धिबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडाध्यक्ष कुमार विक्रम क्षेत्रीको अध्यक्षता, प्रधानाध्यापक लक्ष्मी अर्याल आचार्यको स्वागत र शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया