असार २०, २०८२ शुक्रबार July 4, 2025

गोरखाका १३३ जनामा क्षयरोग सङ्क्रमण

७८ पुरुष र ५५ महिलामा क्षयरोग भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोरखामा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा १३३ जनामा क्षयरोग पहिचान भएको छ। जिल्लाका एघारै पालिकामा यो सङ्ख्या फेला परेको हो।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले ७८ पुरुष र ५५ महिलामा क्षयरोग पुष्टि भएको बताए। बारपाक सुलिकोट गाउँपालिकामा सबैभन्दा बढी २६, भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ र पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग देखिएको छ।

यस्तै, आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा २ जनामा क्षयरोग पाइएको खड्काले बताए। गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार