असार २३, २०८२ सोमबार July 7, 2025

एकै दिन १० फरक विधामा १७ विश्व कीर्तिमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेपाली लेखक तथा गीतकार डा. डीआर उपाध्यायले एकै दिन १० फरक विधामा १७ विश्व कीर्तिमान कायम गरेका छन् । १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्रै गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका उपाध्यायले लेखनमार्फत एकल ३२ विश्व कीर्तिमान कायम गरेका हुन् । यसअघि नै उनले अन्य १४ वटा विश्व कीर्तिमान बनाइसकेका छन्।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा विश्व रेकर्डको आधिकारिक प्रमाणपत्र प्रदान गरे।

एकै दिन फरक १७ विधामा १० विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै प्रमाणपत्र पाउने उपाध्याय पहिलो हुन्। ‘यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो’, कार्यक्रममा मन्त्री यादवले भने।

उनले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाइटेड किङ्डम, युरोपियन रेकर्ड बुक, यूआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्डमा १७÷१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन्।

वल्र्ड रेकर्ड प्राप्त गरेका १७ विधामा नारी एवम् पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एकएक हरफको सामाजिक सन्देश प्रवाह गर्ने दुई सय लाइनको गीत छ। त्यस्तै, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, सांकेतिक भाषाद्वारा गीतको शब्द परिभाषित गरेको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिको नाम तथा कामबारे बनाइएको गीत, अक्षर अक्षरको गीत (एक अक्षर पुरुष र अर्को नारी), तीनवटा सप्तक बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेकोे अत्यधिक नामबाट गीत रहेका छन्।

यसैगरी प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनेको गीत, एउटा गीतमा धेरै थरीका रूख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत उपाध्यायका रहेका छन्।

२ बाइ २ इन्चको सबैभन्दा सानो आकारको गीति पुस्तक, आठवटा उपन्यास समावेश गरी बनाइएको एउटै पुस्तक संग्रह, एकै दिन १९ वटा गीतिसंग्रहको विज्ञापन प्रकाशन गरेको गीत, एकै दिन १९ सीडी एल्बम धेरै पोस्टबक्समा खसालेको गीत, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक वाचन गरेको गीत तथा आफ्नै शब्द रचनाको ३-२ को सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोस्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको गीत रहेका छन्।

नेपाली गीतसंगीतमा लागेकालाई यो खबर अत्यन्त सुखद पक्ष भएको गीतकार संघ नेपालका अध्यक्ष चूडामणि गौतमले बताए। कार्यक्रममा उपाध्यायका चार गीतिसंग्रह कर्तव्यबोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी मन्त्री राय यादवले विमोचन गरेका थिए। अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार