कार्तिक २२, २०८३ आइतबार November 8, 2026

एसइई परीक्षामा चिट चोर्ने ३१ विधार्थी निस्कासित

परीक्षार्थीहरूलाई चिट चोर्न सहयोग गरेको भन्दै सिरहाका विभिन्न परीक्षा केन्द्रका शिक्षक पनि कारबाहीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एसइई परीक्षामा चिट चोर्ने सिरहामा ३१ जना बिधार्थीलाई निस्कासन गरिएको छ । सिरहा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४० थान मोबाइल सेट, ११ थान स्मार्ट घडी बरामद गरी उनिहरुलाई समेत निस्कासन गरिएको हो ।

सिरहा जिल्ला परीक्षा अनुगमन समितिका अनुसार परीक्षाका क्रममा परीक्षा हलमा लगिएको मोबाइल र स्मार्ट घडी समेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्ने प्रयोजनका लागि परीक्षार्थीहरूले लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए । चेकजाँचका क्रममा मोबाइल फेला परेपछि बरामद गरिएको हो ।

परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरूलाई चिट चोर्नमा सहयोग गरेको भन्दै सिरहाका विभिन्न परीक्षा केन्द्रका शिक्षकलाई पनि कारबाहीमा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले बताउनु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार