बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

मन्त्री पौडेलद्धारा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए ।

उनले भने, ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु । बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले यस अघि नै नियुक्त भइसकेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्प प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताएका छन् ।

प्यूठान स्थायी घर भएका अध्यक्ष नियुक्त थापाले २०६१ सालमा त्रिविविबाट स्वास्थ्य शिक्षामा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् भने उनी बोर्डको यसअघि सदस्य भइसकेका छन् ।

र, उनी विगत १० वर्षदेखि तिलगंगा ॲाखा प्रतिष्ठानमा सहायक प्रचार्यका रूपमा कार्यरत रहिआएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार