असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाभाइरस भए उल्टै डेढ लाख रुपैयाँ पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वव्यापी महामारी कोरोनाभाइरसबाट पुरै विश्व प्रभावित भएको छ । यो घातक भाइरसबाट कयौ देशको अर्थव्यवस्थामा असर परेको छ । यस्तो अवस्थामा प्रत्येक मुलुकका सरकारले कुनै न कुनै प्रकारको छुट दिइरहेका छन् ताकी नागरिकलाई धेरै समस्याको सामना गर्नु नपरोस । यसैबीच अमेरिकाको क्यालिफोर्नियाको एक काउन्टीले कोरोनाभाइरस संक्रमणको पुष्टि भएमा प्रति व्यक्ति करीब डेढ लाख रुपैयाँ सहयोगको रुपमा उपलव्ध गराउने छ ।

क्यालिफोर्नियाको अलामेडा काउन्टीमा संक्रमित बिरामीालई यो पैसा खानाको खर्च, भाडा र फोनको शुल्क तिर्नका लागि दिइएको हो । अलामेडा काउन्टीका सुपरभाइजर्स बोर्डले भनेको छ,“कोरोना संक्रमण भएपछि मानिसलाई हप्तौ सम्म क्वारिन्टिन र आइसोलेसनमा बस्न खर्च हुने गर्छ । यस्तो अवस्थामा उनीहरुलाई सहयोग गर्नका लागि यो कदम उठाइएको हो ।”

लस एन्जलस टाइम्सका अनुसार अलामेडा काउन्टी बोर्डले सबैको सहमतीबाट परीक्षण कार्यक्रमका अनुसार कोरोना पुष्टि भएपछि १२५० अमेरिकी डलर दिने फैसला गरेको हो । यद्यपि यो सहयोगका लागि बोर्डले केही नियम र सर्त बनाएको छ । यसका लागि व्यक्तिले सम्बन्धित क्लिनिकमा परीक्षण गराउनु पर्नेछ । साथै लाभ लिने व्यक्तिले पहिले तलबी बिरामी बिदा र बेरोजगारी भत्ता लिएको हुनुहुदैन ।

यो फैसलापछि अलामेडा काउन्टीले मानिस संक्रमित भएपछि आपैm आइसोलेट हुन प्रेरित हुन् भन्ने अपेक्षा गरेको छ । साथै धेरै भन्दा धेरै मानिसले कोरोनाको जाँच गराउन् भन्ने लक्ष्य यो सहयोगको रहेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया