असार २३, २०८२ सोमबार July 7, 2025

पाटन संयुक्त क्याम्पसमा चैत १६ गते स्ववियू निर्वाचन हुने

तोकिएको दिन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ ।

स्ववियू निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको मितिबारे जानकारी दिएको हो । तोकिएको दिन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिएका छन् ।

यसअघि चैत ५ मा हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादले रोकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया