असार २६, २०८२ बिहिबार July 10, 2025

चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये छ सय नौ जना भरतपुर महानगरपालिकाका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १३ चैतः गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन सम्ममा चितवन जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुरमहानगरका छन् ।

रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उहाँले वताउनुभयो ।

गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये छ सय नौ जना भरतपुर महानगरपालिकाका थिए । यसैगरी, रत्ननगरका एक सय पाँच, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका एक सय २५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२०८२ असार २६, बिहिबार
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८२ असार २६, बिहिबार