परीक्षण पोजिटिभ आएको मुखर्जीले ट्वीटमार्फत् जानकारी दिएका छन्। उनले सोमबार दिउँसो गरेको ट्वीटमा लेखेका छन्, “आज अर्को छुट्टै प्रक्रियाका लागि अस्पताल जाँदा मलाई कोभिड-१९ पुष्टि भएको छ। गत हप्ता मेरो सम्पर्कमा आउनु भएका सबैलाई सेल्फ आइसोलेट गर्न र परीक्षण गर्न अनुरोध गर्दछु।”
भारतमा यसअघि गृहमन्त्री अमित शाह, बलिउड कलाकार अमिताभ बच्चन लगायतलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।
प्रतिक्रिया