असार २३, २०८२ सोमबार July 7, 2025

त्रिवि केन्द्रीय क्याम्पसमा १८ र त्रिचन्द्रमा १९ चैतमा स्ववियु चुनाव हुने

उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चुनाव गर्ने बाटो खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिविको केन्द्रीय क्याम्पस किर्तिपूरमा रोकिएको स्ववियु निर्वाचन सोमबार हुने भएको छ ।

शनिबार निर्वाचन समितिले एक सूचना जारी गर्दै सोमबार चुनाव हुने जानकारी दिएको छ । यसअघि उच्च अदालतमा रिट परेर अल्पकालीन अन्तरिम आदेशका कारण तोकिएको समयमा चुनाव हुन नसकेको थिएन । तर, शुक्रबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चुनाव गर्ने बाटो खुलेको हो ।

यस्तै त्रिविको काठमाडौंस्थित आंगिक क्याम्पस  त्रिचन्द्र क्याम्पसमा मंगलबार स्ववियु चुनाव हुने भएको छ । निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी चुनावको मिति तोकेको हो । यी दुवै क्याम्पसमा उम्मेदवारी मनोनयन भए पनि चुनाव हुन सकेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया