असार २३, २०८२ सोमबार July 7, 2025

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालले दिए राजीनामा

प्रधानमन्त्री एवं त्रिवि कुलपतिलाई सम्बोधन गर्दै स्वास्थ्य कारण देखाएर राजीनामा पठाएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री एवं त्रिवि कुलपतिलाई सम्बोधन गर्दै स्वास्थ्य कारण देखाएर उनले राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

उनी प्रोस्टेट समस्याबाट पीडित छन् । राजीनामा बुझाएर उनी पोखरा गएका जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया