श्रावण २०, २०८३ बुधबार August 5, 2026

चार अस्पताललाई ३६ ‘हेमोडाइलासिस मेसिन’ प्रदान

धुलिखेल नगर र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक, १८ चैत : जर्मनीका रोटरी भोलेन्टियर डा ईभी तथा रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल, बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पताल र नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति अस्पताललाई ३६ वटा हेमोडायलाइसिस मेसिन प्रदान गरिएको छ ।

आज धुलिखेलमा एक कार्यक्रमबीच धुलिखेल, शिर मेमोरियल र कोशल्या मेमोरियललाई १०/१० थान तथा सहिद स्मृति अस्पताललाई छ थान मेसिन हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष ज्योत्सना सैँजुका अनुसार ती मेसिन कूल रु पाँच करोड बढी मूल्यका हुन् ।

यसैबीच सोही कार्यक्रममा स्थानीय तह तथा संस्थाको साझेदारीमार्फत ब्लड बैंक तथा रिसर्च सेन्टर र विद्युतीय शवदाह गृह निर्माणका लागि सम्झौता गरिएको छ । धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापनाका साथै धुलिखेल नगर र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्न आजै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

यी संरचना निर्माणार्थ कुन मोडलमा जाने भन्ने विषयमा अबका बैठकले तय गर्ने धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार