श्रावण ८, २०८२ बिहिबार July 24, 2025

जसपा सांसद प्रदिप यादव दुईसाता नपुग्दै कोरोनामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाका सांसद प्रदीप यादव दुईसाता नपुग्दै कोरोनामुक्त भएका छन् । कोरोना परिक्षणको क्रममा पोजिटिभ देखिएपछि सेल्फ आइशोलेसनमा रहेका उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएका हुन् ।

वीरगञ्जको नारायण अस्पतालमा कोरोना परिक्षण गरेका उनले समाजिक संजालमार्फत कोरोनामुक्त भएको जानकारी दिएका हुन् । गत साउन १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आएका थिए । जनता समाजवादी पार्टीका सांसद यादवले १२ दिनपछि कोरोनामुक्त भएको जनाकारी दिए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘आज मैले १२ दिनपछि दोस्रो पटक पिसिआर जाँच गराउंदा कोरोना नेगेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ ‘वीरगन्जस्थित आफ्नो घरभित्र आइसोलेट भएर आत्मअनुशासन कायम गरी सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु ।’ नागरिकसित कुरा गर्दै उनले आफूले घरेलु उपचारमा जोड दिएकोले चाँडै कोरोनामुक्त भएको बताए ।

‘मलाई लाग्छ यसमा आहार र दैनिक रुटिनको बहुत भूमिका छ, जानकारहरुसंग परामर्श गरेर र इन्टरनेटमा उपलब्ध समग्रीहरु हेरेर पढेर मैले घरेलु उपचारलाई अपनाएको थिएँ’ सांसद यादवले भने, ‘ एलोप्याथिक औषधिको नाममा २ चक्की पारासिटामोल मात्र पहिलो दिन खाएको छुँ ।’ गत साउन १६ गतेको रिपोर्टमा सांसद यादवमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी वीरगन्ज १३ राधेमाइस्थित आफ्नो घरभित्रै सेल्फ आइसोलेसनमा बसेका थिए । संक्रमितहरुको सुरक्षा नियम अनुसार र डाक्टर को सल्लाह र निर्देशन  बमोजिम अझपनि एक हप्ता आइसोलेट भएर बस्ने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार