काठमाडौंः शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
सरकारले हिउदे अधिवेशन अन्तय गरेको भोलिपल्ट शिक्षकहरुको महासंघको विगतका सबै सहमती सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन प्रदर्शन गरेको हो ।
बुधबार काठमाडौँमा जुलुस प्रदर्शन गर्दै महासंघले विरोध सभा कार्यक्रम गरेको हो।
प्रदर्शन माइतीघर मण्डलादेखि बिजुली बजार पुलसम्म पुगेर पुनः माइतीघर मण्डलामा फर्किएको थियो। शिक्षकहरुको प्रर्दशनका कारण राजधानीको यातायता अस्त व्यस्त भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया