असार २६, २०८२ बिहिबार July 10, 2025

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर

शिविरमा १७३ जना किसान सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज, २१ चैतः बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।

कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् । “जहाँको बालीमा रोग देखिएको छ त्यहाँ शिविर सञ्चालन गरिएको हो”, केन्द्र प्रमुख विनोद घिमिरेले भन्नुभयो ।

सागसब्जीका पकेट क्षेत्र भएका स्थानलाई प्राथमिकतामा राखेर बाली उपचार सुरु गरेको हो । कृषि प्राविधिकले आलुमा लागेको डढुवा, लाही कीराको प्रकोप, फलमा प्वाल परेको, काउलीमा सूक्ष्म खाद्यतत्वको कमी देखिएको, गोलभेँडाको पछौटे डढुवा, फल फुटेको, फलमा गबारो लागेको, राजमामा कीराको प्रकोप, खुर्सानीमा रोगको प्रकोप, मकैमा कीराको प्रकोप देखिएको समस्याबारे किसानलाई विभिन्न सुझाव दिएका छन् ।

वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले कृषि प्राविधिकको सिफारिसअनुसार मात्र मलखाद र विषादीको प्रयोग गर्न किसानलाई सुझाव दिइएको बताउनुभयो । उहाँले ज्ञानको अभावका कारण बालीमा जथाभावी विषादीको प्रयोग बढेको देखिएको भन्दै भरपर्दो उपचार आवश्यक भएको बताउनुभयो ।

शिविरमा बिरामी समस्याग्रस्त बोटबिरुवा ल्याएर किसानले विशेषज्ञबाट समस्या पहिचान तथा समाधानका उपायबारे सुझाव लिएका थिए । शिविरमा १७३ जना किसान सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२०८२ असार २६, बिहिबार
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८२ असार २६, बिहिबार