असार २१, २०८२ शनिबार July 5, 2025

आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत २२ गते । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । बिहीबार नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख गरेको हो ।

विश्व बैङ्कका अनुसार चालु आवमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने छ । गत आव यस्तो वृद्धिदर ३.९ प्रतिशत थियो । चालु आवमा देखिएको सुधारले आगामी दुई वर्षसम्म पनि निरन्तरता पाउने विश्व बैङ्कले जनाएको छ । जस अनुसार आगामी दुई आवमा नेपालले औसत ५.४ को वृद्धिदर हासिल गर्ने छ ।

प्रतिवेदनले नेपालको अर्थतन्त्रका सम्भावित जोखिमलाई पनि उल्लेख गरेको छ । जस अन्तर्गत भूराजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश गरिएको छ । यसले गर्दा नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने विश्व बैङ्कको अनुमान छ । त्यस्तै सरकारले बारम्बार कर्मचारीको सरुवा गरेका कारण पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइलाई पनि विश्व बैङ्कले उल्लेख गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले प्रतिवेदनले नेपालको उत्थानशील आर्थिक वृद्धिलाई समावेश गरेको बताउनुभयो । “१६ औँ योजनाको लक्ष्य हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजना समयमै सम्पन्न गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई गति दिन आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक भइसकेको विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले बताउनुभयो । “यो हासिल गर्न नेपालले आफ्नै उत्थानशीलता वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधार कार्यान्वयन गर्न आवश्यक छ,”

उहाँले भन्नुभयो । नेपाल विकास प्रतिवेदन विश्व बैङ्कले वर्षमा दुई पटक प्रकाशित गर्ने प्रतिवेदन हो, जसमा अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमको विस्तृत विश्लेषण गरिने विश्व बैङ्कले जनाएको छ ।  गोरखापत्र

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार