श्रावण २०, २०८३ बुधबार August 5, 2026

लहान नगरपालिकाद्वारा सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन

वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पोष्टिक आहारसहितको पोषण सामग्री पाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । लहान नगरपालिका-१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दंग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

“हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आय श्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पोष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।”

अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पोष्टिक आहारसहितको पोषण सामग्री पाएका छन् । ती सामग्रीमा चामल, दाल, नुन, तेल, चना, मटर, सोयाविनलगायत खाद्यान्न सामग्री रहेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विन्देश्वर चौधरीले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षदेखि नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई ‘रोटेसन’का आधारमा प्रत्येक महिनाको २२ गतेका दिन वितरण गरिन्छ ।

नगरपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई पोषण प्याकेज वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले उनीहरू स्वास्थ्य संस्थामा नियमित जाँच गर्न थालेको अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् ।

गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरेको प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने शिशु स्वास्थ्य होस भन्ने चाहनाले सुत्केरी तथा गर्भवतीलाई पोषण कार्यक्रम सुरु गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । उनले भने, “सुत्केरी अवस्थामा अति विपन्न परिवारका सुत्केरी महिलाले पोसिलो खाने कुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यसमेतमा समस्या हुन्छ । त्यसैलाई रोक्नका लागि थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरेका हौँ, अहिले यो अत्यन्त प्रभावकारी भइरहेको छ ।”

नगरपालिकाभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि पोषण ‘प्याकेज’को यस कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार