श्रावण २०, २०८३ बुधबार August 5, 2026

सङ्क्रमण रोकथाम गर्न नर्सलाई तालिम

हालसम्म देशभरका विभिन्न अस्पतालमा कार्यरत ११३ नर्सहहरुलाई सङ्क्रमण रोकथामसम्बन्धी तालिम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ चैत : अस्पतालमा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा कार्यरत नर्सहरुलाई तालिम प्रदान गरिएको छ ।

‘इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)’ले ग्राण्डी अस्पतालसँगको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुलाई दुई महिने तालिम प्रदान गरेको हो ।

दुई महिने तालिमको आज समापन कार्यक्रममा वरिष्ठ नर्स लालदेवी महर्जनले अस्पतालमा आउने बिरामीलाई सङ्क्रमण हुन नदिन यस्ता तालिमबाट सहयोग पुग्ने बताउनुभयो । उक्त तालिममा बिरामीलाई कस्तो कोठामा राख्ने, हावा कस्तो हुने, कस्तो सामान प्रयोग गर्दा सङ्क्रमण कम हुन्छलगायत बारेमा जानकारी गराइएको थियो ।

इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष प्रमिला श्रेष्ठले तालिममा स्वास्थ्य संस्था सम्बद्ध सङ्क्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा शिक्षा, सचेतना, अध्ययन–अनुसन्धान तथा सहकार्यको क्षेत्रमा सोसाइटीले काम गर्दैआएको बताउनुभयो ।

सन् २०२० मा स्थापना भएको उक्त सोसाइटीले हालसम्म देशभरका विभिन्न अस्पतालमा कार्यरत ११३ नर्सहहरुलाई सङ्क्रमण रोकथामसम्बन्धी तालिम प्रदान गरिसकेको छ । आज सम्पन्न भएको पाँचौँ सङ्क्रमण रोकथाम तालिममा देशभरका विभिन्न अस्पतालमा कार्यरत १६ नर्सको सहभागिता रहेको थियो । नेपाल सरकारले सञ्चालन गर्ने हरेक सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रममा सोसाइटीले भूमिका निर्वाह गर्दैआएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार