श्रावण २०, २०८३ बुधबार August 5, 2026

पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटी सम्बन्धी नि:शुल्क शिविर

निबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पथरी । मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडीले जानकारी दिए।

संस्थाको भवनमा सम्पन्न शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक, कान, घाँटी रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए। शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहीहरू लाभान्वित भएका छन्।

नगरकै सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोगका साथै स्थानीय युवाहरूलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

सोही संस्थाका युवाहरूले गत तिहारमा खेलेको देउसी-भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव प्रेम केडीले बताए। न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार