श्रावण २०, २०८३ बुधबार August 5, 2026

कनकासुन्दरीमा निःशुल्क आँखा शिविर सम्पन्न

शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पु¥याउने, खानबस्नको व्यवस्था तथा फलफूल प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट सिँजा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार र आइतबार सञ्चालित सो दुईदिने आँखा शिविरमा ६०१ जनाले आँखा जाँच गराएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजना गरिएको शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया तथा ३०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष यहाँ निःशुल्क आँखासम्बन्धी शिविर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनुभयो । शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पु¥याउने, खानबस्नको व्यवस्था तथा फलफूल प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार