असार २५, २०८२ बुधबार July 9, 2025

कनकासुन्दरीमा निःशुल्क आँखा शिविर सम्पन्न

शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पु¥याउने, खानबस्नको व्यवस्था तथा फलफूल प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट सिँजा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार र आइतबार सञ्चालित सो दुईदिने आँखा शिविरमा ६०१ जनाले आँखा जाँच गराएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजना गरिएको शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया तथा ३०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष यहाँ निःशुल्क आँखासम्बन्धी शिविर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनुभयो । शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पु¥याउने, खानबस्नको व्यवस्था तथा फलफूल प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार