श्रावण ७, २०८२ बुधबार July 23, 2025

प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी-पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबार मात्रै १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो केही दिनयता कोरोना परीक्षण दर बढेको छ । गत बिहीबार ६ हजार ६ सय २२, शुक्रबार ७ हजार ९ सय २६, शनिबार ७ हजार ७ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया