कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कर्णालीमा सञ्चालित परम्परागत विद्यालयको अवस्था अध्ययन

गुरुकुल, गुम्बा र मदरसाको अवस्था अध्ययन गरी तयार पारेको प्रतिवेदन आज सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, २७ चैत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालित परम्परागत विद्यालयको अवस्था अध्ययन गरिएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा गठित सात सदस्यीय कार्यदलले यहाँका परम्परागत तथा धार्मिक आस्था एवं पद्धतिमा आधारित विद्यालयको अध्ययन गरेको हो ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालको संयोजकत्वमा गठित कार्यदलले यहाँ सञ्चालित गुरुकुल, गुम्बा र मदरसाको अवस्था अध्ययन गरी तयार पारेको प्रतिवेदन आज सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई हस्तान्तरण गरेको छ ।

कार्यदलले ती विद्यालयको सञ्चालन, व्यवस्थापनलगायतका विभिन्न पक्षमा अध्ययन, सवल पक्ष, समस्या, चुनौती र सम्भावनाका बारेमा प्रतिवेदन तयार पारेको कार्यदलका सदस्य सचिव तथा मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्णकुमार खड्काले जानकारी दिए ।

उक्त प्रतिवेदन बुझ्दै सामाजिक विकासमन्त्री भण्डारीले सरकारले आगामी वार्षिक नीति तथा कार्यक्रममा परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण तथा प्रवद्र्धन र जनशक्ति व्यवस्थापनका कार्यक्रम ल्याउने बताए । उनले भने, “पहिलोपटक कर्णालीमा परम्परागत विद्यालयको अवस्था अध्ययन गरिएको छ, प्रदेश सरकारले स्थानीय तहसम्म बुझाइमा एकरुपता ल्याउन तथा सहजीकरणमा विशेष सहयोग गर्नेछ ।”

कार्यदल संयोजक हमालका अनुसार चार महिनाको समय लगाएर स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रदेश सरकारलाई परम्परागत विद्यालयको अवस्थाको जानकारी गराउने उद्देश्यले अध्ययन गरिएको हो । कर्णालीमा परम्परागत विद्यालयको समस्या पहिचान भएको जनाउँदै उनले यसबाट कर्णालीमा नयाँका कामको दस्ताबेजीकरण भएको संयोजक हमालले बताए ।

मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमालले धार्मिक तथा सांस्कृतिक पहिचान जोगाइराख्न बनेका विद्यालयको विविधतालाई कायम रहने गरी तहगत रुपमा सरकारले हेर्नुपर्ने बताए । यद्यपि यसको सञ्चालन प्रक्रिया, जनशक्ति व्यवस्थापन र शिक्षण सिकाइ क्रियाकलापलाई कसरी आधुनिक शिक्षासँग समाहित गर्दै लैजाने भन्ने कुरामा त्यतिकै चुनौती देखिएको उनको भनाइ थियो ।

गुरुकुल, गुम्बा र मदरसाका प्रतिनिधिले प्रदेश सरकारले ती विद्यालयहरुको व्यवस्थापन तथा सञ्चालनका लागि ऐन नै ल्याउनुपर्ने सुझाव दिएका छन् । गुरुकुल, गुम्बा र मदरसा विद्यालयको शिक्षा पद्धतिअनुसार हाल कर्णालीमा १६ वटा परम्परागत तथा धार्मिक विद्यालय सञ्चालनमा रहेको कार्यदलका सदस्य डा दीपककुमार गौतमले जानकारी दिए । उनका अनुसार गुम्बा शिक्षा पद्धतिमा सञ्चालित विद्यालयको अवस्था सन्तोषजनक देखिए पनि गुरुकुल र मदरसा शिक्षा पद्धतिमा सञ्चालित विद्यालयको अवस्था कमजोर रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार