कार्तिक २२, २०८३ आइतबार November 8, 2026

मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको प्यानल नै विजयी

विवेक खड्का नेतृत्वको प्यानलै निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलनै विजयी भएको छ । विवेक खड्का नेतृत्वको प्यानलले जित हाँसिल गरेको हो ।

चुनावमा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा खड्काले १ हजार १८८ मत प्राप्त गर्दै अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गरे । शाहीले ९०७ मत प्राप्त गरेका थिए । अध्यक्षका अन्य प्रत्याशी प्रकाश विकले २७५ मत र मिलन बिसीले २३१ मत पाए । कुल ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए । यो परिणामले मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघको पकड अझै बलियो रहेको देखाएको छ ।

विशेष गरी हालैका राजनीतिक घटनाक्रमका कारण विद्यार्थी राजनीतिमा असन्तुष्टि बढिरहेको बेला यो जित नेविसंघका लागि महत्त्वपूर्ण मानिएको छ ।

सचिवमा नेविसंघकै भूपेन्द्र आचार्यले एक हजार ४ सय ९६ भोट र कोषाध्यक्षमा नेविसंघकै उम्मेदवार लोक प्रसाद रिजाल १ हजार २ सय ५५ भोट सहित निर्वाचित भएका छन् । यस्तै अन्य सदस्यहरुमा पनि नेविसंघकै उम्मेदवारहरु विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार