असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आव्हान

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

वैशाख ४ गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत पक्राउबारे, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुनेछ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा मिश्र र राणा प्रहरी नियन्त्रणमा छन् ।

यसैबीच, राप्रपाले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन अघि बढाएको छ ।

चैत २६ गते बल्खुमा प्रदर्शन र खबरदारी सभा गरेको राप्रपाले वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया