असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालयको ताला तोडेर परीक्षा सञ्चालन

नगर शिक्षा शाखा प्रमुखले सिधै ताला फोडेर बिद्यार्थीलाई भित्र राखेर परीक्षा लिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कालीकोट, वैशाख २ गते । कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गरेको छ ।

शिक्षकहरु आन्दोलनमा रहेको र सरकारकाले माग पूरा गर्ने कुनै मनसाय नदेखाएकाले कक्षा ८ को ग्रेटबृद्धिको परीक्षा लिन नसक्ने शिक्षकको अडानपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख खेमराज शाहीले कक्षा कोठाको ताला फोडेर परीक्षा सञ्चालन गर्नुभएको हो ।

प्रमुख शाहीले नगरको नमुना माध्यमिक बिद्यालय वडिमालिका माध्यमिक बिद्यालयको ताला फोड्नु भएको हो । स्थानीय पुष्पराज शाहीले शिक्षा प्रमुख खेमराज शाहीद्वारा हस्तक्षेप गरेर बिद्यालयको ताला फोडिएको बताउनुभयो ।

अरुलाई सार्वजनिक मुद्दा लाग्छ, ताला फोड्नै परे पनि प्रहरीको मुचुल्का चाहिन्छ होला तर नगर शिक्षा शाखा प्रमुखले सिधै ताला फोडेर बिद्यार्थीलाई भित्र राखेर परीक्षा लिएको बताउनुभयो ।

विद्यालयजस्तो शान्ति क्षेत्रमा हतौडाले कक्षा कोठाको ताला फोड्नु अपराध भएको स्थानीयको भनाइ छ । स्थानीय कृष्ण शाहीले शाही शासनको झल्को रास्कोट नगरपालिकामा आएको बताउनुभयो । ग्रेडबृद्धिका लागि २१३ जनाले आवेदन दिए पनि परीक्षामा १८९ जना विद्यार्थी सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार