श्रावण २०, २०८३ बुधबार August 5, 2026

दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्

आजकल दूधमा पानी, स्टार्च, डिटर्जेन्ट, युरिया, सिन्थेटिक दूध जस्ता वस्तुमा मिसावट हुने गरेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ४ बैशाख । दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो ।

बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?

मिसावटको यो युगमा घरमा दैनिक आउने दुध कति स्वस्थ्यकर छ भन्ने जान्न जरुरी भइसकेको छ । यदि तपाइँ पत्ता लगाउन चाहनुहुन्छ भने तपाइँले केही सरल तरिकावाट नै थाहा पाउन सक्नु हुन्छ । उसो भए, आउनुहोस् र थाहा पाउनुहोस् कि मिसावट दूध कसरी चिन्ने ?

आजकल दूधमा पानी, स्टार्च, डिटर्जेन्ट, युरिया, सिन्थेटिक दूध जस्ता वस्तुमा मिसावट हुने गरेको छ । यी मिसावटहरूले दूधको पौष्टिकतालाई नष्ट गर्ने मात्र होइन, लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा पनि गम्भीर हानि पु¥याउने गर्दछ । यस प्रकारको दूध सेवन गर्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि घातक हुन सक्छ।

चिल्लो सतहद्वारा पहिचानः

कुनै रसायन वा प्रयोगशाला परीक्षण बिना नै दूध शुद्ध छ वा छैन थाहा पाउन सकिन्छ। यसका लागि तपाईलाई चाहिने भनेको चिल्लो सतह हो, जस्तै स्टिल प्लेट वा सिसाको टुक्रा। यस पछि सतहमा दूधको केही थोपा छोड्नु होस्। थोपाहरू कसरी बग्छन् ध्यान दिनुहोस्। यदि दूध बिस्तारै बग्छ र बाक्लो सेतो धार छोड्छ भने, दूध शुद्ध हुन्छ। यदि दूध छिट्टै बग्छ र रेखा बन्दैन भने यो पानी वा अन्य चीजहरूमा मिसावट भएको ठम्याइ गर्नुहोस्।

स्टार्च मिसावटमा आयोडिन परीक्षण 

दूधमा स्टार्च मिसावटको लागि आयोडिन परीक्षण गर्न सक्नुहुन्छ। यसका लागि दूधमा आयोडिनको केही थोपा मिसाउनु होस्। यदि दूधको रंग नीलो भयो भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्न सकिनेछ ।

सिंथेटिक दूधको लागि फोम परीक्षण

यो परीक्षण गर्न बोतलमा दूध राख्नुहोस् र त्यसपछि यसलाई मज्जाले हल्लाउनु होस्। यदि आवश्यक भन्दा बढी फोम बन्यो भने बुझ्नु होस कि यो सिंथेटिक दूध हुन सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार