असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु

गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको तथ्याङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ४ बैशाख । सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो ।

यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो ।

भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ ।

धेरैजसो अवस्थामा मधुमेह र हृदय रोगजस्ता दीर्घकालीन रोगहरूको कारण गर्भवती महिलाको मृत्यु भएको छ । कतिपय अवस्थामा सरसफाइको अभाव र संक्रमणका कारण मृत्यु हुने गरेको छ।

विश्वको आधा मातृ मृत्यु मात्र ४ देशमा हुने गरेको छ । विश्वमा हरेक वर्ष हुने कुल मातृ मृत्युमध्ये आधा नाइजेरिया, भारत, कङ्गो र पाकिस्तान गरी चार देशमा मात्र हुने गरेको छ । यसमा पनि नाइजेरियामा सबैभन्दा बढी १९ हजारको मृत्यु भएको छ । भारत यस मामिलामा दोस्रो स्थानमा छ, जहाँ बार्षिक १९ हजारको ज्यान गएको छ भने कंगो १८ हजार र पाकिस्तानमा ११ हजारको ज्यान गएको छ ।

सन् २००० देखि २०२३ सम्म विश्वभर मातृ मृत्युमा ४० प्रतिशतले कमी आएको छ। यसको मुख्य कारण यस अवधिमा स्वास्थ्य सेवाको पहुँच बढेको र गुणस्तरमा सुधार आएर जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार