असार २४, २०८२ मंगलबार July 8, 2025

एकदिने आँखा शिविरबाट चार सयभन्दा बढी लाभान्वित

मोतियाविन्दु देखापरेका बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, ६ वैशाखः शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा आज सञ्चालन गरिएको एकदिने आँख शिविरबाट चार सय सात जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा एक सय ४७ पुरुष र दुई सय ६० महिलाले सेवा लिएका छन् ।

शिविरमा पुगेका ३३ जनामा मोतियाविन्दुको समस्या देखापरेको स्वास्थ्यकर्मी प्रकाश रानाले जानकारी दिनुभयो । मोतियाविन्दु देखापरेका बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

शिविरमा आँखा जाँच गरिएकाहरूबाट पर्चाबापत रु २० र चश्माबापत रु दुई सयदेखि रु छ सय लिइएको थियो । यसअघि, नगर उपप्रमुख कल्पनाकुमारी जोशी (पन्त) ले उद्घाटन गर्नु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार