श्रावण २०, २०८३ बुधबार August 5, 2026

एकदिने आँखा शिविरबाट चार सयभन्दा बढी लाभान्वित

मोतियाविन्दु देखापरेका बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, ६ वैशाखः शुक्लाफाँटा नगरपालिका– १२ कालागौँडीमा आज सञ्चालन गरिएको एकदिने आँख शिविरबाट चार सय सात जना लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन शिविरमा एक सय ४७ पुरुष र दुई सय ६० महिलाले सेवा लिएका छन् ।

शिविरमा पुगेका ३३ जनामा मोतियाविन्दुको समस्या देखापरेको स्वास्थ्यकर्मी प्रकाश रानाले जानकारी दिनुभयो । मोतियाविन्दु देखापरेका बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

शिविरमा आँखा जाँच गरिएकाहरूबाट पर्चाबापत रु २० र चश्माबापत रु दुई सयदेखि रु छ सय लिइएको थियो । यसअघि, नगर उपप्रमुख कल्पनाकुमारी जोशी (पन्त) ले उद्घाटन गर्नु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया