असार २३, २०८२ सोमबार July 7, 2025

बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु

घट्नापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगा प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी। विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षिय विष्णुराज भट्ट रहेका छन्।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आज बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए। शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

घट्नापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया