कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कंगनाको ‘इमर्जेन्सी’ पुनः विवादमा, लेखिकाले हालिन निर्माता र नेटफ्लिक्स विरुद्ध मुद्दा

वरिष्ठ पत्रकार तथा लेखिका कुमी कपुरद्धारा फिल्मलाई लिएर फिल्म निर्माताविरुद्ध मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, ११ बैशाख । अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ फेरि एकपटक कानुनी विवादमा परेको छ । अ

खासमा वरिष्ठ पत्रकार तथा लेखिका कुमी कपुरले यो फिल्मलाई लिएर फिल्म निर्माताविरुद्ध मुद्दा दायर गरेकी छिन् । फिल्ममा ऐतिहासिक तथ्यलाई तोडफोड गरिएको उनकाे आरोप छ ।

भारतीय समाचार माध्यमका अनुसार लेखिका कुमी कपूरले कंगनाको प्रोडक्सन कम्पनी मणिकर्णिका फिल्म्स प्रालि र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि उनको किताब र नामको दुरुपयोग गरेको आरोप लगाएकी हुन् । उनले फिल्मले ऐतिहासिक तथ्यलाई परिवर्तन गरेको आरोप पनि लगाएकी छिन् ।

‘द इमर्जेन्सीस् ए पर्सनल हिस्ट्री’ की लेखिका कुमी कपूरका अनुसार ‘मणिकर्णिका फिल्म्स र पेन्गुइन र्यान्डम हाउस’ सँग सम्झौता गरेकी थिइन, जसले उनको पुस्तकलाई फिचर फिल्ममा रूपान्तरण गर्न अनुमति दिइएको छ। तर, अहिले त्यो सम्झौता उल्लङ्घन भएको उनीहरुको आरोप छ ।

सम्झौता अनुसार चलचित्र निर्माताहरुलाई विषयवस्तुको रचनात्मक रुपान्तरण गर्ने अधिकार मात्रै थियो । यसबाहेक कपूरले कानुनी सल्लाहमा यो सम्झौतामा दुईवटा महत्त्वपूर्ण सर्तहरू थपेका थिए, यसमा फिल्म निर्मातालाई फिल्म बनाउने पूर्ण स्वतन्त्रता रहेको स्पष्ट थियो । तर यसमा सार्वजनिक रूपमा उपलब्ध ऐतिहासिक तथ्यहरू विपरीत हुने त्यस्तो परिवर्तन गर्न भने पाइने छैन ।

कपूरका अनुसार ‘लेखिकाको नाम र पुस्तक उनको अनुमति बिना फिल्मको प्रमोशन वा कमाईका लागि प्रयोग नगर्ने पनि सम्झौतामा भनिएको थियो। तर यस्तो हुन सकेको छैन । फिल्म किताबमा आधारित रहेको उनको दाबी छ ।

यससँगै कपूरले फिल्म निर्माताले अप्रिल ३ मा पठाइएको कानूनी नोटिसको जवाफ कंगनाको टोली वा नेटफ्लिक्सबाट कुनै प्रतिक्रिया नपाए पछि उनले मुद्दा दायर गरेको बताएकी छिन्।  नोटिसका अनुसार कपूरले फिल्म निर्माताहरूको लापरवाही र गैरकानूनी व्यवहारका कारण आफूलाई व्यक्तिगत प्रतिष्ठा, व्यावसायिक, भावनात्मक र आर्थिक स्तरमा पुगेको क्षतिको तत्काल क्षतिपूर्तिको मागसमेत गरेकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार