कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अमिर खानले १ हजार कराेड लगानीमा ‘महाभारत’ बनाउने

आर एस प्रसन्नाले निर्देशन गरेको यो चलचित्र यही वर्षको जुन २० मा रिलिज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, ११ वैशाख । अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् ।

लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन तर वर्षौंको योजनापछि अभिनेताले यसै वर्षदेखि नै यसमा काम सुरु गर्ने योजना बनाएको जनाएका हुन् ।

हलिउड रिपोर्टर इन्डियासँगको पछिल्लो अन्तर्वार्तामा दंगल स्टारले आफ्नो ड्रीम प्रोजेक्टको बारेमा केही अपडेटहरू सार्बजनिक गरेका छन् ।

जस अनुसार उनले निर्माताको रूपमा भुमिका निभाउने र अभिनय पनि गर्ने भएका छन । आफ्नो ठुलो महत्वाकांक्षा मध्येको एउटा चलचित्र महाभारतलाई यसै बर्षवाट सुटिङमा लैजाने पनि घोषणा गरेका छन् ।

उनका अनुसार यो चलचित्र धेरै भागमा बनाइनेछ । तर, निर्देशकको बारेमा सोध्दा उनले नाम भने तत्काल बताउन अस्वीकार गरेका छन । तर, सबै पार्ट एकै पटक फिल्म गर्ने योजना भएकाले धेरै निर्देशकले निर्देशन गर्न सक्ने उनको भनाई रहेको छ ।

तर, यसै बर्ष सुटिङ सुरू गरे पनि फिल्मलाई फ्लोरमा लैजान भने केही वर्ष लाग्ने आमिरले बताएका छन् । अमिरका अनुसार महाभारत परियोजना १००० करोडभन्दा बढीको ठूलो बजेटमा बनाइनेछ । अन्य कुनै पनि भारतीय फिल्ममा यति लगानी कहिल्यै नभएको दावी पनि उनले गरेका छन् ।

यसैबीच, आमिर आफ्नो बहुप्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ को रिलिजको लागि तयारी गरिरहेका छन्, जुन स्पेनिश फिल्म च्याम्पियन्स (२०१८) को हिन्दी रूपान्तरण हो। आर एस प्रसन्नाले निर्देशन गरेको यो चलचित्र यही वर्षको जुन २० मा रिलिज हुनेछ ।

साथै, अमिरले निर्देशक लोकेश कनागराज र सुपरस्टार रजनीकान्तको ‘कुली’ मा पनि केमियो भूमिका खेलेका छन्, जुन १४ अगस्टमा रिलिज हुने तय भइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार