असार २४, २०८२ मंगलबार July 8, 2025

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो ।

नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनमा उत्रिनुभएको छ ।

२९ औँ दिनसम्म पनि आवासीय चिकित्सक सडकमा उत्रिदासम्म राज्यबाट कुनै सुनुवाइ नभएपछि नेपाल चिकित्सक संघले बिहीबार देशभरका सम्पूर्ण चिकित्सकले स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन घेराउ गर्ने कार्यक्रम तय भएको थियो ।

सोही कार्यक्रम अनुसार चिकित्सक माइतीघरमा भेला भएर नारा लगाउँदै स्वास्थ्य मन्त्रालय घेराउ गर्न अगाडि बढ्ने क्रममा प्रहरीले आन्दोलनरत चिकित्सकलाई अघि बढ्नबाट रोक लगाएको थियो ।

आन्दोलनरत चिकित्सकका केही प्रतिनिधिहरू हाल स्वास्थ्य मन्त्रालयमा वार्ताका लागि जानुभएको हो ।

यदि २४ घण्टाभित्र आवासीय चिकित्सक माग सम्बोधन नभएर शुक्रबार आकस्मिक बाहेकका सेवा रोक्न बाध्य हुने संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले चेतावनी दिनुभयो छ ।

चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले आठौँ तहसहर भत्ता दिन नसक्ने बताउँदै आएका छन् ।

यो समस्या समाधान गर्न आयोगलेको १८ औँ बैठकले शिक्षा सचिव दिपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले वैशाख १५ गते अधिकतम सिट सङ्ख्या र शुल्क कतिसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी बुझाउनु पर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार