असार २३, २०८२ सोमबार July 7, 2025

हुम्लाका ९६ प्रतिशत नागरिक साक्षर

१५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट (हुम्ला), ११ वैशाखः आगामी जेठ ९ गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ । यहाँका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव शून्य चार प्रतिशत नागरिक साक्षर भएसँगै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।

जिल्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ ९ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई समितिले जनाएको छ । आज बिहान समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदण्ड र शर्तहरू पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाइएको छ ।

जिल्लामा १५ देखि ६० उमेर समूहका ३५ हजार ३५४ जनसङख्यामध्ये ३३ हजार ९५४ अर्थात् ९६ दशमलव शून्य चार प्रतिशत साक्षर भएपछि घोषणाको तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताउनुभयो ।

उहाँका अनुसार नाम्खाका ९६ दशमलव १६, सिमकोटका ९५ दशमलव छ, खार्पुनाथका ९५ दशमलव पाँच, सर्केगाडका ९५ दशमलव ७४, चङ्खेलीका ९५ दशमलव २४, अदानचुलीका ९५ दशमलव २८ र ताँजकोट गाउँपालिकाका ९८ दशमलव २८ प्रतिशत नागरिक साक्षर भएका छन् ।

साक्षर नेपाल घोषणा अभियान–२०७६ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख शर्माले जानकारी दिनुभयो । लामो प्रयास पछि जिल्ला साक्षर घोषणा हुन लागेकामा खुसी व्यक्त गर्दै उहाँले यसमा सबैको अनिवार्य सहयोगको आवश्यकता औँल्याउनुभयो । साक्षर जिल्ला घोषणाका लागि यहाँस्थित सामाजिक विकास कार्यालयले आर्थिक सहयोग गर्ने कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्द, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल र प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष राजन रावतलगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार