असार २३, २०८२ सोमबार July 7, 2025

पाटन संयुक्त क्याम्पसको स्ववियू चुनाव वैशाख २० गते

मिति निर्धारण गर्दा क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनहरूबीच सहमतिमा मिति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन वैशाख २० गते हुने भएको छ। क्याम्पस निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै नयाँ निर्वाचन मिति तय गरेको हो।

यसअघि चैत १६ गतेका लागि तोकिएको निर्वाचन अस्थगन भएपछि कानुनी प्रक्रियामा गएको थियो। पाटन उच्च अदालतमा मुद्दा दायर भएसँगै चैत २५ गते अदालतले तत्काल निर्वाचन गराउन आदेश दिएको थियो।

निर्वाचन अधिकृत छविराम बरालका अनुसार मिति निर्धारण गर्दा क्याम्पसमा क्रियाशील सबै विद्यार्थी संगठनहरूबीच सहमतिमा मिति तय गरिएको हो।

पाटन संयुक्त क्याम्पसको स्ववियू चुनाव वैशाख २० गते“अदालतको आदेशअनुसार हामीले प्रक्रिया अघि बढाएका छौं, सबै पक्षलाई समेट्दै निष्पक्ष निर्वाचन गराउने तयारीमा छौं,” बरालले जानकारी दिए।

स्ववियु निर्वाचनको तयारी तीव्र पारिएको र मतदाता नामावली, उम्मेदवार मनोनयनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका कार्यहरू क्रमशः तय हुने बरालले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार