असार २४, २०८२ मंगलबार July 8, 2025

हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थाल्यो

सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट सङ्क्रमण भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली । हिमाली जिल्लामा पनि औलो रोगको सङ्क्रमण देखिन थालेको छ ।

हालसम्म सडक सञ्जालमा नजोडिएको दुर्गम जिल्ला हुम्लामा औलोको सङ्क्रमण देखिएको हो ।

कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले विश्व औलो रोग दिवसका अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार हुम्ला अदानचुलीको ताजाकोट गाउँपालिकामा दुई जनामा औलो सङ्क्रमण देखिएको हो ।

विगतमा तराई तथा भित्री मधेसमा देखिने औलो रोग हिमालसम्म फैलिएपछि सरोकार भएकाहरू झस्किएका छन् । हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ ।

निर्देशनालयका सम्पर्क व्यक्ति श्यामलाल आचार्यले यसले गर्दा औलो निवारण अभियानमा चुनौती कायमै रहेको र प्रदेशका केही क्षेत्र अझै उच्च जोखिममा रहेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशनालयको चालु आर्थिक वर्ष २०८१र८२ को तथ्याङ्कअनुसार कर्णालीका विभिन्न जिल्लामा औलोका ३८ केस छन् । हुम्लामा सङ्क्रमणको कुनै ट्राभल हिस्ट्री नभएका एक व्यक्तिमा पनि सङ्क्रमण भेटिएको छ । यसले सबैलाई झस्काएको छ ।”

आचार्यका अनुसार प्रदेशभरि सात वडा औलोको मध्यम जोखिममा छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई, गुर्भाकोट नगरपालिका आठ, मुगुको खत्याड गाउँपालिका आठ, सोरु गाउँपालिका–४ र ५ हुम्लाको अदानचुली गाउँपालिका तीन र ताजाकोट गाउँपालिकाको पाँच नं वडासहित सात वडा मध्यम जोखिममा छन् ।

यस्तै, प्रदेशमा  दुई सय ९८ वडा औलोको जोखिममा छैनन् भने ४१० वडा न्यून जोखिममा रहेका छन् । हुम्लाको ताजाकोट २, ३ र ४ नं वडा भने औलोको उच्च जोखिममा रहेको सम्पर्क व्यक्ति आचार्यले बताउनुभयो ।

यसैगरी, आर्थिक वर्ष २०८१÷८२ मा सबैभन्दा बढी औलो सङ्क्रमण सुर्खेतमा देखापरेको छ । सुर्खेतका छ पालिकामा २५ जना बाहिरबाट आउने व्यक्तिबाट सङ्क्रमण देखापरेको छ । जसमा पञ्चपुरी नगरपालिकामा सात, वीरेन्द्रनगर नगरपालिकामा छ, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, बराहताल र सिम्ता गाउँपालिकामा दुई÷दुई र लेकबेँसी नगरपालिकामा एक जनामा आयातित औलो रोग सङ्क्रमण देखापरेको जनाइएको छ ।

यस्तै, कालीकोटको खाँडाचक्रममा तीन, दैलेखमा आठबीस, चामुण्डाबिन्द्रासैनी, दुल्लु नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा एक÷एक गरी चारजना औलो रोगका बिरामी फेला परेको सम्पर्क व्यक्ति आचार्यले बताउनुभयो ।

उहाँका अनुसार सबै बाहिरबाट आएका बिरामीहरू हुन् । कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भए पनि खुला सीमाका कारण भारतबाट आयातित औलोको न्यूनीकरण गर्न निकै चुनौती रहेको उहाँले जनाउनुभयो ।

आचार्यले भन्नुभयो, “स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ । प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम रहेको स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी सर्ने दरलाई घटाउने निर्देशनालयले रणनीति अपनाइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार