असार २३, २०८२ सोमबार July 7, 2025

वार्ता सकिए पनि समाधान टाढा, सरकार र शिक्षकबीच सहमति भएन

"सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन, सहमति हुन सकेन"

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १३ वैशाख । सरकारले आन्दोलनरत नेपाल शिक्षक महासंघसँग वार्ता गरे पनि सहमति हुन नसकेको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा शिक्षा मन्त्रालयमा शनिबार बसेको वार्ता निष्कर्षविहीन टुंगिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन्।

सुवेदीका अनुसार वार्तामा कुनै ठोस सहमति नजुटेपनि छलफल र संवादलाई निरन्तरता दिने सहमति भएको छ। उनले भने, “छलफललाई निरन्तरता दिने कुरा भयो, दुई पक्षीय सहमतिका लागि फेरि बसेर संवाद अगाडि बढाउने निर्णय भएको छ।” तर अर्को बैठक कहिले बस्ने भन्ने विषयमा टुंगो लागेको छैन।

वार्तामा नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले पनि सहभागिता जनाएका थिए। तिवारीले मन्त्रालयले शिक्षकहरूको माग र मुद्दाबारे यथेष्ट जानकारी दिएपछि मात्र समाधानतर्फ अघि बढ्न सकिने बताएका छन्।

वार्तामा महासंघले आफ्ना प्रमुख मागहरू मन्त्री पन्त समक्ष राखेको थियो। जवाफमा मन्त्री पन्तले शिक्षकहरूले उठाएका मागहरूलाई ध्यानपूर्वक सुनेर सकेसम्म मागहरू सम्बोधन गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ शिक्षा ऐन तत्काल ल्याउनुपर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। यद्यपि सरकारसँग वार्ता सुरु भए पनि महासंघले आन्दोलन यथावत् जारी रहने स्पष्ट पारेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार