असार २४, २०८२ मंगलबार July 8, 2025

कलैयाका ४ वटा निजी अस्पताललाई बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

योगशिला अस्पतालले १५ शय्याको भए पनि अप्रेसन समेत गर्ने गरेको पाइएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका ४ वटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न निर्देशन दिएका छन् ।

बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालि, राजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कलैयामा रहेका निजी अस्पतालको शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैंले अनुगमन गरी दर्ता भए/ नभएको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको बारेमा जानकारी लिएका छन् ।

योगशिला अस्पतालले १५ शय्याको भए पनि अप्रेसन समेत गर्ने गरेको पाइएको र अप्रेसन कार्य गर्न नमिल्ने मुख्यमन्त्री सिंहले बताए ।

मधेश प्रदेशमा रहेका १८० वटा निजी अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेको र १३३ वटा मापदण्डविपरीत रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार