असार २४, २०८२ मंगलबार July 8, 2025

भेरी अस्पतालको ओपिडी सेवा सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज, १६ वैशाखः बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ ।

ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिनुभयो । उहाँले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा निर्माण भएको आगलागी छानबिन समितिलाई विस्तार गरिएको जानकारी दिँदै छानविन समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयलगायतबाट एक–एक प्रतिनिधिसमेत सदस्य रहनुभएको बताउनुभयो ।

“धेरै विषयबाहिर आएका छन, त्यसैले यसको निष्पक्ष छानबिन होस भनेर यस्तो समिति निर्माण गरिएको हो”, डा सुवेदीले भन्नुभयो । अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब रु चार करोड बरावरको क्षति भएको अनुमान गरिएको छ । आगालागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने ‘भ्याक्सिन’लगायत सबै जलेर नष्ट भएका थिए ।

मेडिकल स्टोरभित्र राखिएको ‘फ्रिज’मा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएको बताइएको भए पनि त्यसको छानबिन प्रक्रिया सुरु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार